वर्षा र पहिरोले जोखिम बढेपछि काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीसाधनहरू राति नाकामै रोकिएका छन्।
नागढुंगा, साँगा, फर्पिङ लगायत ठाउँ हुँदै चल्ने लामो दुरीका सवारीसाधनहरूलाई राति काठमाडौंमै रोकिएको हो। वर्षाका कारण हिजो रातभर रात्रिकालीन सवारी साधनलाई यात्रा गर्न रोक लगाइएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार चितवन तर्फको राजमार्गमा पहिरो गएकाले रोकिएका हुन्।
मंगलबार बिहान ८ बजेसम्म यी गाडीहरू नाकामै रोकिएका थिए।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अन्यत्र जिल्लासँग समन्वय गरेर गाडीहरू नाकाबाट पठाउन सुरू गरेको छ।
तस्बिरहरू:
-1783997881.jpeg)
-1783997881.jpeg)
-1783997881.jpeg)
-1783997881.jpeg)
-1783997881.jpeg)
-1783996540.jpeg)
-1783996540.jpeg)
-1783996539.jpeg)
-1783996539.jpeg)
-1783996539.jpeg)
-1783996539.jpeg)
-1783996539.jpeg)
-1783996539.jpeg)
-1783996538.jpeg)
-1783996538.jpeg)
-1783996538.jpeg)
-1783996538.jpeg)
-1783996537.jpeg)
-1783996537.jpeg)
-1783996537.jpeg)
-1783996537.jpeg)