काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरू पुनः नियमित ड्युटीमा फर्किएका छन्।
ड्युटीमा फर्किएसँगै उनीहरूले नयाँ सडक क्षेत्रमा जथाभावी पार्किङ गरिएका सवारी साधन हटाउने अभियान सुरू गरेका छन्।
महानगर प्रहरीको टोलीले सडक तथा फुटपाथमा अव्यवस्थित रूपमा पार्किङ गरिएका मोटरसाइकल, कार तथा अन्य सवारी साधन हटाउँदै ट्राफिक व्यवस्थापनलाई सहज बनाउन सक्रियता बढाएको जनाएको छ।
महानगरले चालकहरूलाई तोकिएको स्थानमा मात्र सवारी पार्किङ गर्न आग्रह गर्दै नियम उल्लंघन गरेमा सवारी हटाइने तथा कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।
महानगर प्रहरीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि मोटरसाइकलमा ह्विललक लगाएको विषयमा विवाद भएपछि गणेश नेपालीले गत बिहीबार आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएपछि उपचारका क्रममा उनको मृत्यु भएको थियो।
नेपालीको मृत्यु प्रकरणपछि सडकमा नगर प्रहरीको उपस्थिति देखिएको थिएन।
तस्बिरहरू:
-1784108352.jpg)
-1784108351.jpg)
-1784108351.jpg)
-1784108351.jpg)
-1784108352.jpg)
-1784108352.jpg)
-1784108351.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी