कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीले धरपकड गर्दा घाइते भएका जेनजी अभियानी माजिद अन्सारी अस्पतालबाट डिस्चार्ज भएका छन्।
५ दिनको उपचारपछि बुधबार उनी डिस्चार्ज भएका हुन्।
शनिबार कीर्तिपुरको होल्डिङ सेन्टरमा प्रहरीले धरपकड गर्दा घाइते भएका उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।
उनलाई राष्ट्रिय मानव अधिकार आयोगको रोहबरमा हिरासतमुक्त समेत गरिएको उनका साथी आविद हुसेनले जानकारी दिए।
'उहाँको स्वास्थ्य अवस्थामा सुधार आएको छ। चिकित्सकहरूले ३/४ दिन आराम गर्न भन्नुभएको छ,' उनले भने।
कीर्तिपुरको होल्डिङ सेन्टरमा आश्रित सुकुम्बासीहरूको अवस्था बुझ्न जाँदा उनीमाथि प्रहरीले धरपकड गरेपछि जेनजी अभियानीहरूले आवाज उठाउँदै आएका थिए।