नेकपा एमालेकी राष्ट्रिय सभा सांसद रामकुमारी झाँक्रीको गाडीमा बसले ठक्कर दिएको छ।
बिहीबार बबरमहलस्थित सडकमा बसले सामान्य ठक्कर दिएको हो।
बा ४ ख ५२३१ नम्बरको गाडीले झाँक्री चढेको प्रदेश ३- ०१ ०२४ च ५७७६ नम्बरको कारमा पछाडिबाट ठक्कर दिएको हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले सामान्य घटना भएको बताए।