नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौं रेजर्सले विजयी सुरुवात गरेको छ।
शनिबार भएको उद्घाटन खेलमा काठमाडौंले ललितपुर सिटी एफसीलाई १-० गोलले हराउँदै विजयी सुरुवात गरेको हो।
दशरथ रंगशालामा भएको खेलमा काठमाडौंको जितमा मेसौके ओलुमोउले निर्णायक गोल गरे।
उनले खेलको ६६ मिनेटमा गोल गरेका थिए।
एनएसएलमा विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीले प्रतिस्पर्धा गर्दैछन्।
वैशाख ११ देखि २५ गतेसम्म हुने प्रतियोगिताका सबै खेल दशरथ रंगशालामा हुनेछन्। प्रतियोगिता सिंगल राउन्ड रोबिनको आधारमा संचालन हुनेछ।
प्रतियोगिताको विजेतालाई ३५ लाख रुपैयाँ प्रदान गरिनेछ भने उपविजेताले १५ लाख प्राप्त गर्नेछ। चार पोजिसनका उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई १-१ लाख रुपैयाँ प्रदान गरिनेछ। एक जना इमर्जिङ खेलाडीलाई पनि पुरस्कार दिने आयोजकको भनाइ छ।