राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष ध्रुव आचार्यले राजनीमा दिएका छन्।
उनले युवा तथा खेलकुद मन्त्रालयलाई बुधबार राजीनामा दिएका हुन्।
उनलाई तत्कालिन केपी ओली सरकारले २०८१ को पुसमा उपाध्यक्ष नियुक्त गरेको थियो।
रूपन्देहीका आचार्य नेकपा (एमाले) निकट हुन्। उनी मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष पनि छन्।
‘मेरो कार्य व्यस्तता एवम् वर्तमानको आवश्यकता बदलिदो राजनैतिक परिवेशलाई मध्यनजर गर्दै उपाध्यक्ष पदको जिम्मेवारीमा रहि निरन्तर रूपमा निर्वाह गर्न असमर्थ भएकोले आजकै मितिदेखि लागू हुने गरी राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्ष पदबाट राजीनामा पेश गरेको छु,’ उनले चैत १८ गते दिएको राजीनामा पत्रमा उल्लेख गरिएको छ।