नेपाली युवा बक्सर अविरल घिमिरेले किक बक्सिङ–५९ अन्तरराष्ट्रिय प्रतियोगितामा सफलता पाएका छन्।
जापानको नागोयास्थित करिया हलमा भएको प्रतियोगिताको पुरुष ७० केजीमा ‘हिमालयन चितुवा’ उपनामले चिनिने अविरलले फ्रान्सका माथन चोइनार्डलाई नकआउट गर्दै च्याम्पियन बने। माथन २०२५ का च्याम्पियन हुन्।
करियरको २९ अन्तरराष्ट्रिय प्रतियोगितामा चन्द्रागिरी नगरपालिका–१२, गुर्जुधाराका अविरलको २१ औं जित हो।
२१ जित मध्ये अविरल २० खेलमा नकआउट आधारमा विजयी भएका छन्।
जितपछि अविरलले हालै रसुवाको भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले हालसम्म आफ्नो खेल यात्रामा साथ र सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्दै धन्यवाद समेत दिए।