भेलोसिटी स्कुलको आयोजनामा दोश्रो भेलोसिटी अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिता आइतबारदेखि हरहरमहादेव इभेन्ट्स एन्ड स्पोर्ट्समा सुरु भएको छ।
प्रतियोगिताको भेलोसिटीकी प्रिन्सिपल रेखा खनालले उद्घाटन गरिन्। पहिलो दिन समूह चरणका सम्पूर्ण खेल सम्पन्न भएसंगै प्रिक्वाटरफाइनल समीकरण तयार भएको छ।
प्रिक्वाटरफाइनलमा डिफेन्डिङ च्याम्पियन विद्यावाणी पाठशालाले विद्या आर्जन, एकलव्यले अक्सिडेन्टल, द सेलिब्रेसन को–एडले चेल्सी वल्र्ड स्कुल तथा ग्रिनविच एकेडेमीले ब्रम्हकुञ्ज शिक्षा सदनसंग खेल्ने छन्।
अन्य प्रिक्वाटरफाइनल ग्लेडस्टोन एकेडेमी र क्रिस्टियन कम्युनिटी स्कुल, स्वस्तिश्री गुरुकुल र डाफोडिल, नव ज्ञान पाठशाला र युरो तथा जिनियस र श्रीयन्त्रबीच हुनेछ।
‘खेलकुदमार्फत एकता र सकारात्मक ऊर्जाको प्रवद्र्धन’ भन्ने मूल नाराका भइरहेकोको प्रतियोगितामा काठमाडौं उपत्यकाका विभिन्न विद्यालयका २४ टिमको सहभागिता रहेको भेलोसिटीका एडमिन हेड एवं प्रतियोगिता संयोजक सुप्रभ घिमिरेले जनाएका छन्।
प्रतियोगितालाई सफल बनाउन विभिन्न १६ संघसंस्थाहरू समेत साझेदारका रूपमा जोडिएको आयोजकले जनाएको छ। लिग कम नकआउट आधारमा भइरहेको प्रतियोगिता सोमबार सम्पन्न हुनेछ।