नेपाल भलिबल लिग (एनभिएल) को फ्रेन्चाइज टोली कर्णाली शिवराजले विदेशी खेलाडीका रूपमा पोल्यान्डका सेटर एमिलियन स्मेटेक लाई भित्र्याएको छ।
कर्णाली शिवराजले अनुबन्ध गरेका स्मेटक टोलीका लागि पहिलो विदेशी खेलाडी हुन्।
लिगका लागि टोलीलाई थप बलियो बनाउने क्रममा कर्णाली शिवराजले उनलाई अनुबन्ध गरेको हो।
सेटरको भूमिकामा रहने उनले टोलीको खेल सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
कर्णाली शिवराजले विदेशी खेलाडी अनुबन्धसँगै आगामी सिजनका लागि आफ्नो टोली निर्माणलाई थप तीव्रता दिएको छ।