पहिलो संस्करणको नेपाल भलिबल लिगमा सगरमाथा स्म्यासर्सले विजयी सुरुवात गरेको छ।
शुक्रबार राष्ट्रिय खेलकुद परिषदको त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा सगरमाथाले मधेश वारियर्समाथि ३-१ को सेटमा जित निकालेको हो।
सगरमाथाले पहिलो सेट २५-२१ र दोस्रो सेट २५-२१ को जित निकाल्यो।
तेस्रो सेटमा मधेश २५-२३ ले जित निकाल्दै खेलमा फर्कने कोशिस गर्यो।
चौथो सेटमा सगरमाथा २५-१५ ले विजयी भएसँगै लिगमा सुखद सुरुवात गर्यो।
लिगमा ६ वटा टोलीले प्रतिस्पर्धा गर्नेछन्।