नेपाल भलिबल लिग (एनभिएल) मा अन्नपूर्ण स्पाइकर किंग्सले पहिलो जित निकालेको छ।
अन्नपूर्णले आइतबार भएकको खेलमा काठमाडौं रेड्समाथि ३-० को सहज जित निकालेको हो।
अन्नपूर्णले पहिलो सेट २५-२३ ले जित्दै राम्रो सुरुवात गर्यो।
त्यसपछि २८-२६ ले दोस्रो सेट जितेपछि अन्नपूर्णले काठमाडौंमाथि दबाब बढायो।
तेस्रो सेट पनि २५-२३ ले जितेपछि अन्नपूर्णले अंक जोड्न सफल भयो।
पहिलो खेलमा जित निकालेको काठमाडौंले भने पहिलो हार ब्यहोरेको हो।
लिगमा ६ टोलीबीच प्रतिस्पर्धा भइरहेको छ।