नेपाल भलिबल फ्रेञ्चाइज लिगमा अन्नपूर्ण स्पाइकर किंग्सले तेस्रो जित हात पारेको छ।
आफ्नो चौथो खेलमा तेस्रो जित हात पार्ने क्रममा अन्नपूर्णले खप्तड फाल्कोन्समाथि ३-० को सोझो सेटमा जित निकालेको हो।
खप्तड भने लगातार चार खेलमा पराजित भएको छ। खप्तड लिगमा अझै जितविहीन छ।
अन्नपूर्णले खप्तडमाथि पहिलो सेट २५-१५ ले सजिलै जित्यो।
दोस्रो खेलमा पहिलो २५-१५ कै नतिजाका साथ अन्नपूर्ण सहज रुपले अघि बढ्यो।
तेस्रो सेट रोमाञ्चक हुँदा अन्नपूर्णले २९-२७ ले जित्दै खेल आफ्नो पक्षमा पार्यो।