बलिउड अभिनेता शाहरूख खानले ठूलो फेसन नाइट, मेट गाला २०२५ मा डेब्यू गरेर इतिहास रचेका छन्।
उनले मेट गालाको रेड कार्पेटमा हिड्ने पहिलो भारतीय अभिनेताको इतिहास राखेका हुन्। उनीभन्दा अघि कुनै भारतीय अभिनेता मेट गाला पुगेका छैनन्। उनी बाहेक अभिनेत्री कियारा आडवाणी पनि मेट गाला पुगेकी छन्।
मेट गाला २०२५ न्युयोर्कको मेट्रोपोलिटन म्यूजियम अफ आर्टमा भएको थियो। यसको थिम 'सुपरफाइनः टेलरिङ ब्याक स्टाइल' राखिएको थियो।

