दक्षिण भारतीय सुपरस्टार रजनीकान्त अभिनीत 'जेलर' बक्स अफिसमा सुपरहिट भयो।
यो तमिल फिल्मले विश्वव्यापी बक्स अफिसमा ६ सय करोड भारूभन्दा माथिको कमाइ गर्यो। पहिलो भागको सफलतापछि अब 'जेलर २' को निर्माण भइरहेको छ।
बहुप्रतीक्षित मानिएको यो फिल्ममा बलिउड अभिनेत्री विद्या बालन आबद्ध भएकी छन्। पिंकभिल्लाको समाचारअनुसार उनले फिल्ममा महत्वपूर्ण र प्रभावशाली भूमिका निर्वाह गर्नेछिन्।
सन् २०२३ मा प्रदर्शन भएको 'जेलर' ले बक्स अफिसमा सफलता हासिल गरेपछि यसको सिक्वेल निर्माणको घोषणा गरिएको थियो। सोही सिक्वेल 'जेलर २' लाई पुनः नेल्सन दिलीपकुमारले निर्देशन गर्दैछन्। समाचारअनुसार विद्या बालन स्क्रिप्टबाट प्रभावित भएर फिल्ममा जोडिएकी हुन्।
उनको पात्र कथाको केन्द्रमा रहने र कथामा ठूलो मोड ल्याउने बताइएको छ। यो फिल्म विद्या बालनको तमिल सिनेमामा डेब्यु समेत हुनेछ।
निर्माण पक्षले फिल्मको २०२६ अगस्ट १४ मा फिल्म रिलिन गर्ने गरी तयारी गरिरहेको छ।
फिल्मको छायांकन मार्च २०२५ देखि चेन्नई, पालक्काड र गोवालगायत विभिन्न स्थानमा भइरहेको जनाइएको छ।