बलिउड फिल्म 'सैयारा' बाट अभिनेता अहान पाण्डे र अभिनेत्री अनीत पड्डाले ठूलो चर्चा कमाए। प्रेमकथानक फिल्मले ठूलो सफलता पाएसँगै अहान र अनीतको चर्चा एकाएक चुलियो।
यो फिल्मको सफलतापछि अहान र अनीत फेरि एकपटक ठूलो पर्दामा सँगै देखिने भएका छन्। निर्देशक मोहित सुरीले यशराज फिल्मको ब्यानरमा यी दुईलाई लिएर नयाँ म्युजिकल लभस्टोरी तयार गर्न लागेका हुन्। भारतीय संचारमाध्यमका अनुसार फिल्म आउँदो अक्टोबर-नोभेम्बरमा फ्लोरमा जाने बताइएको छ।
फिल्म एक इमोशनल र इन्टेन्स प्रेमकथा हुने जनाइएको छ। यसमा मोहितले आफ्नो सिग्नेचर स्टाइलको रोमान्स र म्युजिकको संयोजन दिनेछन्। म्युजिक टिम पहिले देखिनै एल्बम र ब्याकग्राउण्ड स्कोरमा काम गरिरहेको जनाइएको छ।
यसअघि केही रिपोर्टमा फिल्मको नाम ‘सतरंगा’ हुने चर्चा गरिएको थियो। यद्यपि, उक्त चर्चा गलत भएको बताइएको छ। निर्माताले हाल शीर्षक गोप्य राखेका छन्। र, चाँडै टिजर वा अनाउन्समेन्ट भिडिओमार्फत आधिकारिक नाम सार्वजनिक गर्ने तयारी छ।
अहान अहिले अली अब्बास जफरको ठूलो बजेटको एक्सन फिल्ममा व्यस्त छन्, जुन अगस्टसम्म सकिने अपेक्षा छ। त्यसपछि उनी मोहित सुरीको रोमान्टिक फिल्ममा जोडिनेछन्।