भारतीय फिल्म 'मिर्जापुरः द मुभी'को ट्रेलर सार्वजनिक भएको छ।
पंकज त्रिपाठी, अली फजल र दिव्येन्दु अभिनीत फिल्म सेप्टेम्बर ४, २०२६ (भदौ १९) देखि प्रदर्शनमा आउनेछ।
गुरमीत सिंह निर्देशित 'मिर्जापुरः द मुभी' चर्चित बेव सिरिज 'मिर्जापुर'को फिल्म रूपान्तरण हो।
फिल्मको सार्वजनिक ट्रेलरमा कालीन भैया, गुड्डु भैया र मुन्ना भैयाबीच मिर्जापुरको सत्ता कब्जाका लागि हुने हिंसात्मक संघर्षलाई प्रमुख रूपमा देखाइएको छ।
सन् २०१८ मा सुरू भएको वेब सिरिज 'मिर्जापुर' अपराध, राजनीति, सत्ता संघर्ष र बदलाको कथामा आधारित सिरिज हो। यो भारतका सबभन्दा लोकप्रिय वेब सिरिजमध्ये एक मानिन्छ। सोही सिरिजमा आधारित रहेर 'मिर्जापुरः द मुभी' फिल्म बनेको हो।
सार्वजनिक ट्रेलरले सिरिजभन्दा अझ ठूलो स्तरको द्वन्द्व, हिंसा र शक्ति संघर्षको झल्को दिएको छ। फिल्ममा पंकज त्रिपाठी, अली फजल र दिव्येन्दुसँगै इतेन्द्र कुमार, रवि, अभिषेक बि, रसिका दुगल, मोहित मलिक, शिबा चड्डा, राजेश तैलाङ, प्रमोद पाठकलगायत कलाकारहरूको अभिनय छ।
'मिर्जापुरः द मुभी' अमेजन एमजीएम स्टुडियोज र एक्सेल इन्टरटेनमेन्टको सहकार्यमा बनेको हो। फिल्मको पटकथा पुनीत कृष्णाले लेखेका हुन् भने निर्माण रितेश सिद्धवानी र फरहान अख्तरले गरेका हुन्।
फिल्म नेपालमा समेत एकसाथ प्रदर्शन तयारीमा छ। मल्टिप्लेक्सले आफ्नो बेवसाइटमा यसलाई 'कमिङ सुन'मा राखेका छन्।