स्याङ्जाको चापाकोट–४ का सितल गिरी नेपाली जनसम्पर्क समिति, अस्ट्रेलियाको सभापतिमा निर्वाचित भएका छन्।
सिड्नीमा सम्पन्न अधिवेशनबाट गिरी सभापतिमा चयन भएका हुन्।
अस्ट्रेलियामा रहेर पनि गिरी नेपाली कांग्रेससम्बद्ध संगठनात्मक गतिविधिमा निरन्तर सक्रिय रहँदै आएका छन्।
उनी दुई पटक नेपाली जनसम्पर्क समिति, न्यू साउथ वेल्सको सभापति तथा नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका महाधिवेशन प्रतिनिधि समेत रहिसकेका छन्।
संगठन विस्तार, सदस्यलाई सक्रिय बनाउने तथा युवा पुस्तादेखि अग्रज पुस्तासम्मलाई जोडेर अघि बढ्ने गतिविधिमा गिरी सक्रिय रहँदै आएका छन्।
अस्ट्रेलियामा नेपाली कांग्रेससम्बद्ध गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै सबै पक्षलाई समेटेर अघि बढ्ने उनको धारणा छ।
लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रियता, संगठनात्मक अनुभव तथा युवा पुस्तासँगको सम्बन्धका कारण गिरीको नेतृत्वलाई चासोका साथ हेरिएको छ।