तमु धीं यूकेले रसुवाको भोटेकोशीमा आएको बाढी पीडितका लागि १ करोड १ लाख सहयोग गर्ने भएको छ।
संघको कार्यसमितिको आकस्मिक बैठकले उक्त रकम सहयोग गर्ने निर्णय गरेको अध्यक्ष जुमकाजी गुरुङले बताए।
नेपाली मेला २०२६ बाट बचत हुने सम्पूर्ण बचत रकम, नेपाली मेलाको दिन बाढीपीडितका लागि संकलन गरिएको रकम तथा ट्रेल वाकबाट संकलित रकम सबैलाई तमु धीं यूकेको बाढीपीडित राहत कोषमा एकीकृत गरी संकलन गरिने भएको हो।
राहत रकम नेपाल सरकार समक्ष उपस्थित भएर प्रदान गरिने संघको भनाइ छ।
तमु धींले यसअघि १७औं युकेमा नेपाली मेला २०२६ सम्पन्न गरेको थियो। मेला सुरु हुनुअघि नेपालमा बाढी आएको अवस्थामा ६ वटा संघ–संस्थाबाट सहभागी हुन नसक्ने जानकारी आएको थियो।
तर मेला सञ्चालन गरेर सहयोग उठाएर नेपालमा तत्काल सहयोगका लागि पठाउने निर्णय गरिएको थियो।