रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले १२ प्रतिशत बोनस सेयर र ०.६४ प्रतिशत नगद लाभांश (कर तिर्न) गरी कुल १२.६४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
उक्त लाभांश नियामक बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन्।
कम्पनीले गत वर्ष भने १६.८५ प्रतिशत लाभांश वितरण गरेको थियो।