एनएलजी इन्स्योरेन्स कम्पनीले गत वर्षको नाफाबाट सेयरधीहरूलाई लाभांश दिने घोषणा गरेको छ।
कम्पनीको वैशाख २६ गते बसेको सञ्चालक समितिको बैठकले २.५० प्रतिशत बोनस सेयर र ०.१३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल २.६३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो।
उक्त लाभांश बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीले आगामी साधारण सभाबाट पारित गरेपछि सेयधनीहरूले पाउनेछन्।
कम्पनीले गत वर्ष ५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो।