एनएमबी बैंक, कृषि विकास बैंक, तथा बज्र इनर्जी भेन्चर्सबीच मादी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ।
२४.८ मेगावाट क्षमताको कास्की जिल्ला, मादी गाउँपालिकामा अवस्थित बज्र मादी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको हो।
यस आयोजनामा एनएमबी बैंक अगुवा बैंक रहने छ।
२४.८ मेगावाट क्षमता रहेको बज्र मादी जलविद्युत आयोजनाको करिब लागत ५ अर्ब ३५ करोड रूपैयाँ रहने जानकारी गराइएको छ भने बैंक तथा वित्तीय संस्थाहरुको ऋण लगानी ३ अर्ब ७४ करोड ५० लाख रहनेछ।
एनएमबी बैंकले हालसम्म ५० वटाभन्दा बढी जलविद्युत आयोजनाहरूमा लगानी गरिसकेको छ।
त्यसैगरी, सोही समूहबाट लगानी गरेको भिजन लुम्बिनी ऊर्जा कम्पनीद्वारा कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका तथा पोखरा महानगरपालिकामा प्रवर्द्धित २५ मेगावाट क्षमता रहेको सेती नदी जलविद्युत आयोजनाको वि.स. २०८१ साल कार्तिक २७ गतेदेखि व्यापारिक उत्पादन सुरू भएको छ।
उक्त आयोजना एनएमबी बैंकको अगुवाइमा कर्माचारी सञ्चय कोष तथा कृषि विकास बैंकले ऋण लगानी गरेको छ।
नेपाल राष्ट्र बैंकबाट जारी इन्भाइरोमेन्टल एण्ड सोसियल रिक्स म्यानेजमेन्ट २०२२ को निर्देशन अनुसार एनएमबी बैंकले वातावरणीय तथा सामाजिक नीति तयार पारी त्यस बमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली (इन्भाइरोमेन्टल एण्ड सोसियल म्यानेजमेन्ट सिस्टम) लागु गरिसकेको छ।