नेसनल लाइफ इन्स्योरेन्सले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।
कम्पनीको आज (बुधबार) बिहान बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो।
कम्पनीले कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद पनि छुट्याएको छ।
उक्त प्रस्ताव नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।
यसअघि कम्पनीले १४ प्रतिशत लाभांश घोषणा गरेको थियो।