बुधबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
नप्से १३.९६ अंकले घटेर २६२०.२७ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकम पनि घटेको छ।
मंगलबार नौ अर्ब ६३ करोडको सेयर कारोबार भएकोमा बुधबार आठ अर्ब ७३ करोडको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ९० करोड रूपैयाँ कमी आएको हो।
आज ३१५ वटा धितोपत्रको एक करोड ८४ लाख ९६ हजार १३८ कित्ता सेयर किनबेच भएको हो।
बुधबार ६२ कम्पनीको सेयर मूल्य बढेको छ भने १८३ वटाको घटेको छ। यस्तै, एउटा कम्पनी स्थिर रहेको छ।
यसदिन ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ५७८ रूपैयाँ ४० पैसा पुगेको छ।
यस्तै, पिपुल्स पावरको मूल्य ८.६४ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ५१८ रूपैयाँ कायम भएको छ।
गुराँस लघुवित्तको मूल्य सर्वाधिक ९.९८ प्रतिशतले घटेर प्रतिकित्ता दुई हजार ६८० रूपैयाँ ५८ पैसामा झरेको छ।
यस्तै, नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य ९.७१ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार ८१ रूपैयाँ ०२ पैसा कायम भएको छ।
बुधबार राधी विद्युतको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता ७१६ रूपैयाँ १० पैसामा ५९ करोड ३२ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ४.८० प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा युनिभर्सल पावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४१२ रूपैयाँ ४० पैसामा ५१ करोड ४९ लाख बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये दुई समूहको बढेको छ भने बाँकी ११ समूहको परिसूचक घटेको छ।
यसदिन अन्य समूहको परिसूचक सर्वाधिक २.४६ प्रतिशतले बढेको छ।
यस्तै, जलविद्युत समूहको परिसूचक सर्वाधिक १.९६ प्रतिशतले घटेको छ।