सिटिजन्स बैंक इन्टरनेसनलले मधेश प्रदेश धनुषा जिल्लाको जनकपुरधाम गाउँपालिका ४ अवस्थित श्री संकट मोचन देवसरन रामरती माध्यमिक विद्यालयलाई पंखा सहयोग प्रदान गरेको छ।
संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत बैंकले उक्त सहयोग गरेको हो।
यस विद्यालयमा करिब एक हजार बालबालिकाहरू अध्ययन गर्दै आइरहेका छन् र अध्ययनरत विद्यार्थीहरूको पठनपाठनमा सहजता होस भन्ने हेतुले बैंकले सो सहयोग प्रदान गरेको हो।
विद्यालयमा आयोजित एक समारोहकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सहयोग स्वरुप पंखाहरू हस्तान्तरण गरेका हुन्।
समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकको यो सानो सहयोगले विद्यार्थीहरू लाभान्वित हुने विश्वास व्यक्त गरे।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सहयोग प्रदान गर्न पाँउदा आफू हर्षित भएको पनि बताए।
बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ इकाइहरूबाट १८ लाख ८८ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।