नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र एस्थेटिक अस्पताल हेल्थी च्वाइस एस्थेटिक अस्पतालबीच एससिटी–युपिआई कार्ड प्रयोगकर्ताहरूलाई हेल्थी च्वाइस एस्थेटिक अस्पतालमा हुने सम्पूर्ण अफरमा थप ५ प्रतिशतसम्मको विशेष छुट दिने सम्झौता भएको छ।
एससिटी–युपिआई कार्ड प्रयोगकर्ताहरूले यो छुट पाउनका लागि आफ्नो एससिटी–युपिआई कार्ड मार्फत भुक्तानी गर्नुपर्छ।
ग्राहकहरूले पिओएसमार्फत भुक्तानी गर्दा ब्लड टेस्ट, छाला, कपाल, र दन्त प्रक्रियाहरूमा हुने सम्पूर्ण अफरहरूमा थप ५ प्रतिशत छुट पाउनेछन् भने ओपिडी परामर्श, इमप्लान्ट, प्लास्टिक सर्जरी, कस्मेटिक गाइनोकोलोजी, सर्जिकल प्याकेज, कपाल प्रत्यारोपण, सोर्पानो हेयर रिमुभल प्याकेज र आउटसोर्स सर्भिसेस र उपकरण शुल्कमा हुने सम्पूर्ण अफरहरूमा थप २.५ प्रतिशत छुट पाउनेछन्।
एससिटीको हाल सदस्यहरू ५ 'क' वर्गका बैंक, ६ 'ख' वर्गका बैंक, ११ 'ग' वर्गका बैंक र १०० भन्दा बढी सहकारी संस्थाहरू रहेका छन्।
ग्राहकहरूको स्वास्थ्यलाई मध्यनजर राखेर एससिटी र हेल्थी च्वाइस एस्थेटिक अस्पतालले ल्याएको यो अफरले माथि उल्लेखित बैंकहरूबाट एससिटी–युपिआई कार्ड लिएका ग्राहकहरूलाई पूर्ण फाइदा लिन दुवै पक्षबाट प्रोत्साहित गरिएको छ।
एससिटी–युपिआई कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको एससिटीसँग आबद्ध बैंकमा गएर सजिलै एससिटी युपिआई कार्ड लिन सक्नेछन्।