डिजिटल भुक्तानी सेवाप्रदायक कम्पनी इ–सेवाले 'बिना ट्रबल पैसा डबल' अफर सार्वजनिक गरेको छ।
यो योजनाअन्तर्गत अफर अवधिभर इ–सेवाबाट बैंक खातामा रकम ट्रान्सफर गर्ने दैनिक दुई जना भाग्यशाली प्रयोगकर्ताले पाँच हजार रूपैयाँसम्मको डबल क्यासब्याक जित्न सक्ने छन्।
साथै, अफर समाप्तिसँगै थप दुई जना भाग्यमानी प्रयोगकर्ताले बम्पर पुरस्कार स्वरूप एक लाख रूपैयाँ जित्ने छन्।
जेठ १५ देखि असार १३ सम्म चल्ने यो अफरमा इ–सेवा डाइरेक्ट, क्युआर स्क्यान वा खाता नम्बरमध्ये जुनसुकै माध्यमबाट बैंक खातामा रकम ट्रान्सफर (बैंक ट्रान्सफर) गर्ने सबै प्रयोगकर्ता पुरस्कारका लागि योग्य रहनेछन्।
हरेक दिन छनौट गरिने दुई जना भाग्यशाली डबल क्यासब्याक विजेतामध्ये एक जना विजेता नयाँ प्रयोगकर्ताहरूबाट छनौट गरिनेछ।
इ–सेवाले डिजिटल कारोबारलाई थप सहज, सुरक्षित र प्रभावकारी बनाउन देशभरका विभिन्न बैंक तथा वित्तीय संस्थासँग सहकार्य गर्दै आएको छ।
हाल इ–सेवामा नेपालका सबै प्रमुख बैंक तथा वित्तीय संस्थाहरू साझेदारका रूपमा आबद्ध छन्। यी साझेदारहरूले डिजिटल भुक्तानी प्रणालीलाई जनमैत्री, भरपर्दो र सुलभ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
बैंक तथा वित्तीय संस्थाहरूसँगको साझेदारीले सेवा प्राप्त गर्नेलाई थप सहजता प्रदान गरेको छ भने लेनदेनको सुरक्षा र विश्वसनीयता पनि सुनिश्चित गरेको छ।
यसरी, इ–सेवाले डिजिटल भुक्तानी प्रणालीको पहुँच विस्तार गर्दै आर्थिक समावेशीकरणमा उल्लेखनीय योगदान पुर्याइरहेको छ। डिजिटल कारोबार प्रवर्द्धन गरी आर्थिक विकास र डिजिटल अर्थतन्त्रको सुदृढीकरणमा यसले महत्त्वपूर्ण भूमिका समेत निर्वाह गरेको छ।