नेपाल धितोपत्र बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका छन्।
शुक्रबार उनले अर्थ मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन्।
राजीनामा पत्र बोकेर मन्त्रालय पुगेका श्रेष्ठले आफूले स्वइच्छाले राजीनामा दिएको बताएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार श्रेष्ठले 'सरकारलाई सहयोग गर्न आफूले राजीखुसीले मार्ग प्रशस्त गरेको' बताएका छन्।
श्रेष्ठ २०८१ मंसिर १० गते धितोपत्र बोर्डको कार्यकारी अध्यक्ष नियुक्त भएका थिए।