सिटिजन्स बैंक इन्टरनेसनलले वैशाख ७ गते १९ वर्ष पूरा गरि २० वर्षमा प्रवेश गरेको अवसरमा आफ्नो १९औं वार्षिकोत्सव मनाएको छ।
१९ वर्षको अवधि पार गरिसक्दा बैंकले २० लाख ११ हजार ग्राहकहरूलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको बैंकको भनाइ छ।
सातवटै प्रदेशमा अवस्थित आफ्नै भवनमा प्रदेश कार्यालय सञ्चालनका साथै २०० वटा शाखाहरू मार्फत चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले कुल निक्षेप करिब २ खर्ब १६ अर्ब रूपैयाँ संकलन गरी कर्जातर्फ १ खर्ब ७७ अर्ब रूपैयाँ परिचालन गरेको छ।
बैंकले १९औं वार्षिकोत्सवको अवसरमा सातवटै प्रदेशमा करिब ९४६ कर्मचारीहरूको सहभागितामा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ।
जसबाट जनमानसमा वित्तीय ज्ञानको समेत अभिमुखीकरण हुने अपेक्षा बैंकले लिएको छ।
साथै, संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले 'रक्तदान नै जिवनदान' भन्ने नारालाई सार्थक बनाउदै रगतको आवश्यकता र खड्किरहने अभावलाई केही हदसम्म भए पनि पुरा होस् भन्ने अभिप्रायका साथ नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा सातवटै प्रदेशका कुल २० शाखाहरूबाट ५५० जना रक्तदाताको सहभागीतामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
यसै अवसरमा कोशी प्रदेश अन्तर्गत दिक्तेल शाखा, बागमती प्रदेश अन्तर्गत तेमाल शाखा र लाम्बगर शाखा, लुम्बिनी प्रदेश अन्तर्गत बेलाटारी शाखा र साउ फर्साटीकर शाखा, गण्डकी प्रदेश अन्तर्गत धारापानी शाखा र बेनी शाखा, कर्णाली प्रदेश अन्तर्गत जुफाल शाखा र सुदूरपश्चिम प्रदेश अन्तर्गत अमरगढी शाखाले निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरेका छन्।
शिविरमा करिब ५०० जना सेवाग्राहीहरूले निःशुल्क स्वास्थ्य परीक्षण गराउनुका साथै आवश्यक औषधिहरू समेत निःशुल्क प्राप्त गरेका छन्।
बैंकले आफ्ना ग्राहकहरूलाई अझ सहज, सुरक्षित तथा प्रविधिमैत्री सेवा प्रदान गर्ने उद्देश्यका साथ मोबाइल बैंकिङ सेवा डिजी बैंकिङ मार्फत केवाइसी विवरणहरू अनलाइनबाट पुनः अद्यावधिक गर्ने सुविधा सुरू गरेको छ।