नेसनल लाइफ इन्स्योरेन्स र ग्राण्डी इन्टरनेसनल हस्पिटलबीच एक सम्झौता भएको छ।
कम्पनीले आफ्ना प्रस्तावकहरूलाई आवश्यक पर्ने मेडिकल रिपोर्टका लागि छिटो छरितो र सर्वसुलभ सेवा प्रदान गर्ने तथा कर्मचारीहरुलाई सहुलियत दरमा स्वास्थोपचार सेवा उपलब्ध गराउने गरी बुधबार नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लि. र ग्राण्डी इन्टरनेसनल हस्पिटलबीच मेडिकल सेवा सम्बन्धमा सम्झौता सम्पन्न भयो।
कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र ग्राण्डी हस्पिटलका चिफ अपरेटिङ अफिसर अमृत खन्नाले नेसनल लाइफ इन्स्योरेन्सको लाजिम्पाट स्थित केन्द्रिय कार्यालयमा एक समारोहबीच सो सम्झौतामा हस्ताक्षर गरे।
सम्झौता अनुरुप कम्पनीको बीमालेख खरिद गर्न चाहने प्रस्तावकलाई आवाश्यक पर्ने मेडिकल जाँचको लागि सहुलियत दरमा छिटो छरितो सेवा प्रवाह गरी मेडिकल रिपोर्ट प्रदान गर्ने र कम्पनीमा कार्यरत कर्मचारीहरुलाई १० प्रतिशत छुट सुविधा सहित सहुलियत दरमा स्वास्थोपचार सुविधा उपलव्ध गराउने व्यवस्था गरिएको छ।
यस प्रकारको सम्झौताबाट कम्पनीका सरोकारवाला वर्गहरुले लाभ उठाउन सक्ने अपेक्षा गरिएको छ।