नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं वार्षिकोत्सवको अवसर पारेर नि:शुल्क स्वास्थ्य शिविर एवम् देशैभर वृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
वैशाख २१ र २२ गते कम्पनीले आफ्नो प्रधान कार्यालयको प्राङ्गणमा नि: शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो।
शिविरमा इसिजी, थाइराइड, सुगर, प्रेसर, एसजिपिटी, कोलस्ट्रोल, युरिक एसिड लगायतका नि:शुल्क चेकजाँच तथा विज्ञ डाक्टरहरूबाट नि:शुक्ल परामर्श सुविधा प्रदान गरिएको थियो।
दुई दिने शिविरबाट कुल ६०१ जनाले प्रत्यक्ष लाभ लिएका कम्पनीको भनाइ छ।
यससँगै कम्पनीले देशभरका ७ वटै प्रदेशका १३ स्थानमा वृहत् रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ।
कार्यक्रममार्फत कोशी प्रदेशको इटहरीमा ३०, मधेश प्रदेशको वीरगञ्जमा २५, जनकपुरमा २५, बागमती प्रदेशको काठमाडौंमा ७८, नारायणगढमा ८१, नुवाकोटमा ३९, हेटौंडामा २६, बनेपामा ३२, गण्डकी प्रदेशको पोखरामा ५५, लुम्बिनी प्रदेशको बुटवलमा ३३, भैरहवामा ३४, कर्णाली प्रदेशको सुर्खेतमा २५ र सुदूरपश्चिम प्रदेशको धनगढीमा ३३ गरी कुल ५०५ पिन्ट रगत संकलन गरिएको छ।
किनकि, जीवन अमूल्य छ! को नारालाई आत्मसात् गर्दै सम्पूर्ण नेपाली भविष्य सुरक्षित, सुनिश्चित र सुनौलो बनाउने अभिभारा बहन गर्दै आएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रणी जीवन बीमा कम्पनी हो।