जेठ महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदर थप घटाएका छन्।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार वैशाखको तुलनामा जेठमा निक्षेपको ब्याजदर घटेको छ। १२ बैंकले व्यक्तिगत निक्षेपमा दिने अधिकतम ब्याजदर स्थिर रहेको हो। सिद्धार्थ बैंकले भने ब्याजदर बढाएको छ। सिद्धार्थले ४ प्रतिशतबाट बढाएर ब्याजदर ४.०५ प्रतिशत दिने भएको हो।
वैशाख र जेठ दुवै महिनाका लागि यी बैंकले व्यक्तिगत मुद्दतीमा अधिकतम ब्याजदर ४.७५ प्रतिशत दिएका छन्। वैशाखमा औंसत ब्याजदर ४.४ प्रतिशत रहेकोमा जेठमा यस्तो औंसत ब्याजदर ४.३ प्रतिशत छ।
अहिले सबैभन्दा धेरै ब्याज राष्ट्रिय वाणिज्य बैंकबाट पाइने भएको छ। यो बैंकले ४.७५ प्रतिशत दिने भएको छ। स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट सबैभन्दा कम ४ प्रतिशत मात्रै ब्याजदर पाइने भएको हो।
बैंकहरूले रेमिटेन्स खातामा भने व्यक्तिगत मुद्दति खातामा भन्दा एक प्रतिशत बढी ब्याज दिन्छन्।
लामो समयदेखि नै बैंकहरूसँग कर्जा लगानी योग्य रकम उच्च भएपछि बैंकहरूको ब्याजदर घटिरहेको छ ।
हाल बैंकहरूसँग करिब १२ खर्ब भन्दा धेरै कर्जा दिन मिल्ने रकम रहेको छ।
कर्जा नगएपछि पछिल्लो समय बैंकहरूले तीन प्रतिशत र २.५० प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा लगेर पैसा राखिरहेका छन्।
अहिले बैंक तथा वित्तीय संस्थाहरूसँग ७९ खर्ब ५९ अर्ब रूपैयाँ निक्षेप संकलन छ भने यसमध्ये ५८ खर्ब ७७ अर्ब कर्जा लगानी गरेका छन्।
मासिक रुपमा दुई खर्बभन्दा बढी रेमिटेन्स भित्रिरहेकोले पनि बैंकहरूमा निक्षेप बढेको हो।
|
बैंक
|
जेठको लागि ब्याजदर (प्रतिशत)
|
वैशाखको लागि ब्याजदर (प्रतिशत)
|
|
कृषि विकास
|
४.१५
|
४.१५
|
|
एभरेष्ट
|
४.०५
|
४.०५
|
|
नेपाल
|
४.२५
|
४.५
|
|
लक्ष्मी सनसाइज
|
४.५
|
४.५
|
|
माछापुच्छ्रे
|
४.५
|
४.५
|
|
एनआइसी एसिया
|
४.५
|
४. ७५
|
|
प्रभु
|
४.५५
|
४.५५
|
|
स्ट्याण्डर्ड चार्टर्ड
|
४
|
४.१
|
|
राष्ट्रिय वाणिज्य
|
४. ७५
|
४. ७५
|
|
नबिल
|
४.५५
|
४.५५
|
|
ग्लोबल आइएमई
|
४.५
|
४.५
|
|
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
|
४.५
|
४.५
|
|
सिद्धार्थ
|
४.०५
|
४
|
|
प्राइम कमर्सियल
|
४.१५
|
४.१५
|
|
कुमारी
|
३.९६ |
४.०५
|
|
सानिमा
|
४.५
|
४.५
|
|
हिमालयन
|
४.००२
|
४.५
|
|
नेपाल एसबिआई
|
४.२ ५
|
४.२ ५
|
|
एनएमबी
|
४. ८०
|
५
|
|
सिटिजन्स
|
४.१०
|
४.१५
|
|
औसत
|
४. ३
|
४.४
|