शुक्रबार नेप्से परिसूचक स्थिर छ।
बिहीबार २७३०.१७ विन्दुमा बन्द भएको नेप्से आज २७३१.९४ विन्दुमा बन्द भएको छ।
कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ।
बिहीबार ३ अर्ब २९ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ३ अर्ब ९ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३३८ वटा धितोपत्रको ७९ लाख ३४ हजार ४४४ कित्ता सेयर किनबेच भएको हो।
शुक्रबार १२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १२० वटाको घटेको छ। यस्तै, २२ कम्पनी स्थिर छन्।
यसदिन नबिल बैंक डिबेन्चको मूल्य सर्वाधिक ७.७१ प्रतिशतले बढेको छ।
उक्त डिबेन्चको प्रतिकित्ता मूल्य एक हजार १४५ रूपैयाँ पुगेको छ।
यस्तै, मोदी इनर्जीको मूल्य ५.२६ प्रतिशतले बढेर प्रति कित्ता मूल्य २३८ रूपैयाँ कायम भएको छ।
सर्वाधिक मूल्य घट्नेमा युनियन हाइड्रोपावर रहेको छ।
उक्त कम्पनीको मूल्य १४.७९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४५५ रूपैयाँमा झरेको छ
यसैगरी, क्रेस्ट माइक्रो लाइफको मूल्य ५.८१ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार १३७ रूपैयाँ ८० पौसमा सीमित भएको छ।
शुक्रबार युनियन हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको ४५५ रूपैयाँमा ३० करोड ६६ लाख रूपैयाँको कारोबार भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा अपी पावर रहेको छ। उक्त कम्पनीको ३४९ रूपैयाँमा ११ करोड ४४ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ७ समूहको परिसूचक बढेको छ भने बाँकी ६ समूहको परिसूचक घटेको छ।