सोमबार पनि नेप्से परिसूचक स्थिर छ।
बिहीबार २७३०.१७ विन्दुमा र शुक्रबार २७३१ विन्दुमा बन्द भएको नेप्से आज २७३०.९१ विन्दुमा बन्द भएको छ।
कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ।
शुक्रबार ३ अर्ब ९ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन २ अर्ब ४५ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३३९ वटा धितोपत्रको ५८ लाख २८ हजार ६०४ कित्ता सेयर किनबेच भएको हो।
सोमबार ११९ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ वटाको घटेको छ। यस्तै, १८ कम्पनी स्थिर छन्।
यसदिन इंगवा हाइड्रोपावरको मूल्य सर्वाधिक ८.४२ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४३८ रूपैयाँ पुगेको छ।
यस्तै, बुंगल हाइड्रोको मूल्य ६.३२ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ६२७ रूपैयाँ १० पैसा कायम भएको छ।
सर्वाधिक मूल्य घट्नेमा निफ्रा ऊर्जा ऋणपत्र रहेको छ।
उक्त ऋणपत्रको मूल्य ५.२६ प्रतिशतले घटेर प्रति ऋणपत्र मूल्य एक हजार ४२ रूपैया १० पैसमा झरेको छ
यसैगरी, एसवाई प्यानलको मूल्य ३.६० प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ४७४ रूपैयाँ ९० पौसमा सीमित भएको छ।
सोमबार साहस ऊर्जाको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको ६६७ रूपैयाँमा ८ करोड ४३ लाख रूपैयाँको कारोबार भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिलायन्स स्पिनिङ मिल्स रहेको छ।
उक्त कम्पनीको तीन हजार ६९० रूपैयाँ १० पैसामा ७ करोड ३४ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी सात समूहको परिसूचक घटेको छ।
यसमध्ये अन्य समूहको परिसूचक सर्वाधिक २ प्रतिशतले घटेको छ।