बुधबार उच्च अंकले बढेको नेप्से परिसूचक बिहीबार घटेको छ। नेप्सेको वृद्धि दोस्रो दिन पनि टिक्न नसकेको हो।
बुधबार ३०.०८ अंकले बढेर २७५४.४८ विन्दुमा पुगेको नेप्से बिहीबार १२.३६ अंकले ओरालो लागेको हो।
नेप्से २७४२.११ विन्दुमा बन्द भएको छ।
कारोबार रकममा भने केही सुधार आएको छ।
बुधबार ३ अर्ब ८२ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ३ अर्ब ८९ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३४८ वटा धितोपत्रको ८९ लाख ५५ हजार ५४५ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार ७२ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ वटाको घटेको छ। यस्तै, नौ कम्पनी स्थिर छन्।
यसदिन प्रभु बैंक डिबेन्चरको मूल्य सर्वाधिक ६.६२ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ११२ रूपैयाँ पुगेको छ।
यस्तै, बुंगल हाइड्रोको मूल्य ६.१८ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ७२५ रूपैयाँ कायम भएको छ।
सर्वाधिक मूल्य घट्नेमा अपर लोहोरे खोला हाइड्रोपावर रहेको छ।
उक्त कम्पनीको मूल्य १४.९५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४७७ रूपैयाँ ३० पैसामा झरेको छ
यसैगरी, झापा इनर्जीको मूल्य ८.१२ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ४०४ रूपैयाँ ९० पैसामा सीमित भएको छ।
बिहीबार आँखुखोला जलविद्युतको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको ३७३ रूपैयाँमा १७ करोड ७२ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.११ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिडी पावर रहेको छ। उक्त कम्पनीको ३५७ रूपैयाँमा १५ करोड ७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ।