सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।
नेप्से २७.८५ अंकले बढेर २७८६.३५ विन्दुमा बन्द भएको छ।
नेप्सेसँगै कारोबार रकममा पनि सुधार आएको छ।
शुक्रबार ४ अर्ब २७ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ५ अर्ब ९८ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३४२ वटा धितोपत्रको एक करोड ४५ लाख ४० हजार २२ कित्ता सेयर किनबेच भएको हो।
सोमबार २३५ कम्पनीको सेयर मूल्य बढेको छ भने २८ वटाको घटेको छ। यस्तै, सात कम्पनी स्थिर छन्।
यसदिन थ्री स्टार हाइड्रोपावरको मूल्य सर्वाधिक ९.०१ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ६०५ रूपैयाँ पुगेको छ।
यस्तै, सुपर खुदी हाइड्रोपावरको मूल्य ८.३२ प्रतिशतले बढेर प्रति कित्ता मूल्य एक हजार २९ रूपैयाँ कायम भएको छ।
सर्वाधिक मूल्य घट्नेमा बुंगल हाइड्रो रहेको छ।
उक्त कम्पनीको मूल्य १०.३२ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ७३० रूपैयाँमा झरेको छ
यसैगरी, क्रेस्ट माइक्रो लाइफको मूल्य ५.५५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार २४४ रूपैयाँ ९० पैसामा सीमित भएको छ।
सोमबार आँखुखोला जलविद्युतको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको ४१८ रूपैयाँमा ६० करोड २० लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३.९८ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिडी पावर रहेको छ। उक्त कम्पनीको ३६७ रूपैयाँमा ३० करोड १७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक ०.२० प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ।
यसमध्ये जलविद्युत समूहको परिसूचक सर्वाधिक १.५० प्रतिशतले बढेको छ।