मंगलबार नेप्से परिसूचक घटेको छ।
नेप्से ९.२४ अंकले घटेर २७७७.१० विन्दुमा बन्द भएको छ।
नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
सोमबार ५ अर्ब ९८ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ४ अर्ब ८५ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३४२ वटा धितोपत्रको एक करोड १८ लाख ७२ हजार ५०७ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार ६९ कम्पनीको सेयर मूल्य बढेको छ भने १९० वटाको घटेको छ। यस्तै, ११ कम्पनी स्थिर छन्।
यसदिन कालिन्चोक हाइड्रोपावरको मूल्य सर्वाधिक ९.२३ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ३२७ रूपैयाँ ७० पैसा पुगेको छ।
यस्तै, कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य ६ प्रतिशतले बढेर प्रति कित्ता मूल्य एक हजार ५९० रूपैयाँ कायम भएको छ।
सर्वाधिक मूल्य घट्नेमा सुपर खुदी हाइड्रो रहेको छ।
उक्त कम्पनीको मूल्य ३.६० प्रतिशतले घटेर प्रति कित्ता मूल्य ९९२ रूपैयाँमा झरेको छ
यसैगरी, ग्रीन डेभलपमेन्ट बैंकको मूल्य ३.१४ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ७५ रूपैयाँमा सीमित भएको छ।
मंगलबार आँखुखोला जलविद्युतको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको ४२२ रूपैयाँ ९० पैसामा ४६ करोड ७२ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.१७ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिडी पावर रहेको छ। उक्त कम्पनीको ३६३ रूपैयाँ १० पैसामा १६ करोड ५९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड र निर्जीवन बीमा समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ।