प्राइज पोर्टलको दोस्रो चरणमा १ लाख रूपैयाँका विजेता १५ उपभोक्ता छनोट भएका छन्।
विजेता कुपन नम्बरमा ०३०३४२२७९९५६, ०१९२५६५१०९३५, ०२६१४४५१५००५, ०३१७९९९३५०८२ र ०१७७६६१०७००५ छन्।
यस्तै, ०१८१२८७५९४०९, ०२४६७३१७१९०४, ०२११८४०००६५३, ०२३८५६८८५३७० र ०२५३५७३३१९४१ कुपन नम्बर पनि विजेतामा परेका छन्।
त्यसैगरी, ०२२४५८०९६६६८, ०१६६६७२९०१४६, ०२००३७२८३७४७, ०२९१८४६२२६६५ र ०२७७११४८७१४५ कुपन नम्बर विजेता बनेका छन्।
नगद कारोबार गर्ने उपभोक्ताले बिल विवरण अपलोड गर्दा आफ्नो कुपन नम्बर दिएका हुन्छन्।
त्यसैका आधारमा आफ्नो कुपन नम्बर विजेतामा परे वा नपरेको थाहा पाउन सक्नेछन्।
क्युआर वा कार्डबाट भुक्तानी गर्ने उपभोक्तालाई भने आन्तरिक राजस्व विभागले जानकारी गराउनेछ।
प्राइज पोटलको दोस्रो चरणमा साउन १६ देखि ३१ गतेसम्मका कारोबार समावेश गरिएको थियो।
यस अवधिमा ३ लाख ५७ हजार १४९ वटा नगद कारोबारका बिल अपलोड भएका थिए।
यस्तै, एक जनाले १० लाख रूपैयाँको बम्पर उपहार जितेका छन्।
गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट ३५० रूपैयाँको सामान खरिद गर्ने उपभोक्ता बम्पर विजेता बनेका हुन्।