आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १५ गतेसम्मका सहभागीहरूबाट विजेता चुनिएको छ।
पर्साका लालबाबु साह कानुले १० लाख राशिको १५ दिनको बम्पर उपहार पाएका छन्।
कानुले २१ हजार रूपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा तिरेको रकमको कारोबार नै बम्पर उपहारमा छनोट भएको हो।
उनको बम्पर उपहार ०७३११०२०२५७१ कुपन नम्बर रहेको छ।
उनले २५ प्रतिशत कर कट्टा गरी ७ लाख ५० हजार रूपैयाँ पाउनेछन्।
विभागले शुक्रबार विजेता घोषणा गरेको हो।
पहिलो १ लाख ३३ हजार ३३४ रूपैयाँ प्राप्त गर्ने १५ जनाको घोषणापछि बम्पर उपहारअन्तर्गत १० लाख रूपैयाँ जित्ने विजेता घोषणा गरिएको थियो।
निम्न कुपन नम्बर भएका १५ जनाले १ लाख ३३ हजार ३३४ रूपैयाँ उपहार प्राप्त गरेका छन् —
०६९ २८२ ३०४ ३९३
०६४ २८३ ८३१ ५५५
०६७ ०४९ ११० ४४०
०६८ ३५९ ४५२ ०६६
०६५ १९९ ३०२ ७६३
०७२ ६२० ०६५ १८९
०७० ६५४ ३६४ ०८०
०७४ ८१५ ११६ ००४
०६६ ३०५ ४२७ ९३९
०७५ ३१८ ६५० ८९४
०७७ ७४० ५७७ ०७२
०७३ ६२२ ९०८ २६२
०६३ ०२६ ०८० २६८
०७१ ०२९ २६८ ९४९
०७६ ००५ ३०९ ८३१
उनीहरूले कर कट्टा गरी १ लाख रूपैयाँ प्राप्त गर्नेछन्।
करदातालाई बिल लिन र विद्युतीय भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले आर्थिक वर्ष २०८३/८४ देखि करदाता प्रोत्साहन उपहार कार्यक्रमु सञ्चालनमा ल्याइएको हो।
अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नै यो कार्यक्रम घोषणा गरेका थिए।
सरकारले हरेक महिनाको १६ गते (१–१५ गतेसम्मको कारोबारका लागि) र महिनाको अन्तिम दिन (१६ गतेदेखि महिनाको अन्तिम दिनसम्मको कारोबारका लागि) नियमित रूपमा उपहार घोषणा गर्दै आएको छ।
भदौमा रसुवामा अएको बाढीको कारण भदौ एक महिनाको भने असोज पहिलो साता एकै पटक विजेता घोषणा गरिएको थियो।