ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले तीन जना सल्लाहकार थपेका छन्।
मन्त्री श्रेष्ठले बिहीबार थप तीन जना नयाँ सल्लाहकार नियुक्त गरेका हुन्।
उनले आशुतोष तिवारीलाई योजना तथा लगानी सल्लाहकार, रमेश पौडेललाई नीति सल्लाहकार र गणेश कार्कीलाई सल्लाहकार (निजी क्षेत्र) नियुक्त गरेका हुन्।
उनले विवेक राज कँडेललाई यसअघि ऊर्जा सल्लाहकारका रूपमा नियुक्त गरिसकेका थिए।
सबै सल्लाहकारले अवैतनिक रूपमा (बिना पारिश्रमिक तथा सेवासुविधा)जिम्मेवारी निर्वाह गर्ने मन्त्रालयले जनाएको छ।
यसअघि अर्थमन्त्री स्वर्णिम वाग्लेले ऊर्जा मन्त्रीले २० जना सल्लाहकार नियुक्त गरेको आरोप लगाएका थिए।