आर्थिक वर्ष २०८२/८३ मा नेपाल विद्युत प्राधिकरणको नाफा घटेको छ।
प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले करबाहेक नाफा पाँच अर्ब ४ करोड रूपैयाँमा खुम्चिएको बताए।
श्रेष्ठका अनुसार आर्थिक वर्ष २०८१/८२मा प्राधिकरणले आर्जन गरेको खुद नाफाको तुलनामा यो ५८.६० प्रतिशत कम हो।
आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको करअघि १२ अर्ब १७ करोड रूपैयाँ नाफा थियो।
उक्त वर्ष ८ अर्ब ९१ करोड खुद नाफा आर्जन गरेको थियो।
एक वर्षमा झन्डै चार अर्ब रूपैयाँ नाफा घटेको छ।
पछिल्ला वर्षहरूमा प्राधिकरणको नाफामा निरन्तर घट्दै गएको देखिएको छ। २०८०/०८१ मा प्राधिकरण १३ अर्ब ३० करोड रूपैयाँ नाफा कमाएको थियो।
प्राधिकरणको अतिरिक्त दायित्व बढेको र विदेशी विनिमयदरमा आएको उतारचढाव लगायत कारण नाफा खुम्चिएको प्राधिकरणको भनाइ छ।
त्यस्तै, घरायसी प्रयोजनका लागि गार्हस्थ सेवाग्राहीलाई २० युनिटसम्म निःशुल्क बिजुली दिँदा, ह्रासकट्टी लगायत विविध कारण नाफामा गिरावट आएको प्राधिकरणले जनाएको हो।