चक्रपथको ललितपुर महानगरपालिकाभित्र पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको सडक अहिले रातमा पनि उज्यालो देखिन्छ।
१३ करोड रूपैयाँ लगानीमा निर्मित अत्याधुनिक स्ट्रिट लाइट बुधबारदेखि सञ्चालनमा आएपछि यो सडकखण्ड पूरै उज्यालो बनेको छ।
बत्ती जडान गर्न महानगरपालिकाले १० करोड रूपैयाँ र नेपाल विद्युत प्राधिकरणले ३ करोड रूपैयाँ लगानी गरेका छन्।
बुधबारदेखि ७.९ किलोमिटर सडकखण्डमा सवारी चालक र पैदलयात्रीलाई आवतजावतमा निकै सहज भएको छ।
चक्रपथको ललितपुर सडक खण्डमा जडान गरिएका नयाँ स्ट्रिट ल्याम्पहरूको बुधबार एक विशेष कार्यक्रमकाबीच उद्घाटन गरिएको हो। उद्घाटन गृहमन्त्री सुधन गुरूङले गरेका थिए।
यो नयाँ व्यवस्थाले ललितपुरको रात्रीकालीन सुरक्षा र सुन्दरतामा महत्वपूर्ण टेवा पुग्ने विश्वास ललितपुर महानगरपालिकाले लिएको छ।

















सबै तस्बिर: सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी