भोटेकोशी बाढीका कारण जलविद्युत आयोजना तथा सोलार आयोजनामा क्षति हुँदा ४३० मेगावाट बिजुली प्रणाली बाहिर गएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।
प्रारम्भिक रिपोर्ट अनुसार बाढीका कारण ११ वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ।
यी आयोजनाको ४०५ मेगावाट बिजुली प्रणालीबाट टुटेको छ।
त्यस्तै २५ मेगावाट सोलार गरी कुल ४३० मेगावाट बिजुली प्रणाली बाहिर गएको छ।
क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ।