रसुवा जिल्लामा आएको बाढीका कारण ११ जलविद्युत र एक वटा सोलार आयोजना प्रणालीबाट विच्छेद भएका छन्।
नेपाल विद्युत प्राधिकरणका अनुसार ११ वटा जलविद्युत आयोजना र एक वटा सोलार आयोजनामा क्षति पुगेर प्रणालीबाट बाहिर रहेको प्रारम्भिक जानकारी आएको छ।
निजी क्षेत्र र नेपाल विद्युत प्राधिकरण आफैँले निर्माण गरिरहेका आयोजनामा क्षति पुगेको हो।
