नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैंडाकोट नगरपालिका–१४ बेल्डीहामा इनार सफा गर्ने क्रममा एक जनाको मृत्यु भएको छ।
अचानक इनार भासिँदा गैंडाकोट १३ का ४४ वर्षका तुलसी थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिए।
स्थानीय चेतबहादुर भुसालको घरको इनार सफा गर्ने क्रममा इनार भासिएर दुर्घटना भएको उनले बताए।
इनार भासिँदा थारू बेपत्ता भएका थिए।
स्थानीय र प्रहरीसहितको टोलीले इनारभित्र थारूलाई साँझ मृत फेला पारेको सूचना अधिकारी पाठकले जानकारी दिए।