बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ह्वात्तै घटेको छ।
बुधबार ७.५ डिग्री सेल्सियस मापन भएको काठमाडौंको न्यूनतम तापक्रम बिहीबार ४.५ डिग्री सेल्सियस मापन भएको छ।
न्यूनतम तापक्रम घट्दा बिहानको समयमा काठमाडौंमा अत्यन्त चिसो महशुस हुने गरेको छ।
चिसो बढेसँगै मानिसहरूको शरीरमा कपडाको मोटाई बढेको छ। सँगै काठमाडौंमा आगो ताप्ने क्रम पनि सुरू भएको छ।
मौसमविद् प्रतिभा मानन्धरले पुस महिना धेरै चिसो हुने महिना भएकाले न्यूनतम तापक्रम अझै घट्ने बताएकी छन्।
न्यूनतम तापक्रम उकालो लाग्न माघ दोस्रो/तेस्रो साता कुर्नुपर्ने उनले बताएकी छन्।
तस्बिरहरूः
-ink-1735185764.jpeg)
-ink-1735185764.jpeg)
-ink-1735185764.jpeg)
-ink-1735185764.jpeg)
-ink-1735185766.jpeg)
-ink-1735185765.jpeg)
-ink-1735185765.jpeg)
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।