तीनकुने घटनामा गोली लागेर घाइते भएकी रेविका खत्रीलाई पोर्चुगलबाट प्राप्त सहयोग रकम 'संयुक्त जनआन्दोलन समिति'ले हस्तान्तरण गरेको छ।
समितिका संयोजक नवराज सुवेदी, निर्देशक समितिका सदस्यहरु डा. प्रकाश चन्द्र लोहनी र हरिबहादुर बस्नेतले रमेशराज वास्तोलाको संयोजनमा लिस्बन पोर्चुगलबाट उपलब्ध सहयोग बुधबार हस्तान्तरण गरेका हुन्।
सुवेदी लगायतको टोलीले महाराजगंजस्थित शिक्षण अस्पताल पुगेर खत्रीलाई आठ लाख उन्चालीस हजार चार सय रूपैयाँ हस्तान्तरण गरेका हुन्।
खत्रीको शिघ्र स्वास्थ्य लाभको कामना सहित उक्त सहयोग पोर्चुगलमा बसोबास गर्ने नेपालीहरुबाट उपलब्ध भएको समितिले जनाएको छ।
टोलीमा राप्रपाका प्रवक्ता सगुनसुन्दर लावती, जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपाल, राप्रपाका केन्द्रीय सदस्य धनसुर शाही लगायत उपस्थित थिए। शिक्षण अस्पतालमा खत्रीको उपचार जारी छ।