अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक साँगा सडक सीमाभित्र निर्माण भएका स्थायी तथा अस्थायी संरचना भत्काइएको छ।
६ लेनमा विस्तार भइरहेको अरनिको राजमार्गको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक अन्तर्गत भक्तपुर खण्डमा सडकको सीमा क्षेत्रभित्र निर्माण भएका स्थायी तथा अस्थायी संरचना भत्काइएको हो।
सूर्यविनायक–धुलिखेल सडक आयोजनाले सूर्यविनायकदेखि साँगासम्मको साढे सात किलोमिटर सडकखण्डमा ७५ फिटभित्र निर्माण भएका संरचना भत्काउने निर्देशन दिएसँगै घरधनी आफैले सो संरचना हटाउन थालेको हो।
विस्तारित सडक अन्तर्गत ७५ फिट क्षेत्रभित्र निर्माण भएका घरटहरा हटाइएको आयोजनाले बताएको छ।
आयोजनाले पहिलो चरणमा काभ्रेपलाञ्चोकतर्फ सडक सीमामा निर्माण भएका संरचना हटाएको र दोस्रो चरणमा सूर्यविनायकदेखि साँगासम्मको सडक सीमामा निर्माण भएका संरचना हटाइएको हो।
विस्तारित अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्म ८६ वटा घरटहरा भत्काउनुपर्ने अवस्थामा रहेको आयोजनाले जनाएको छ।
राजमार्गको सीमाभित्र निर्माण संरचना हटाउने विषयमा मुआब्जालगायतको विषयमा लामो समयसम्म विवाद भएका कारण साढे दुई वर्षसम्म राजमार्गको सीमाभित्र निर्माण भएका संरचना हटाउन समस्या भएको थियो।
तस्बिरहरूः 








तस्बिर : नेपाल फोटो लाइब्रेरी ।