भारतमा जहाज दुर्घटना भएको छ।
गुजरात प्रान्तको अहमदाबादस्थित सरदार वल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै एयर इन्डियाको जहाज दुर्घटना भएको हो।
यो दुर्घटना बिहीबार दिउँसो १ देखि २ बजेबीचको समयमा भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
हिन्दुस्तान टाइम्सका अनुसार जहाजमा २४२ यात्रु सवार थिए।
अहिलेसम्म दुर्घटनाको थप विवरण सार्वजनिक भएको छैन।
विमान टेकअफको समया दुर्घटना भएको भनिएको छ।
विमानस्थल आसपास धुवाँको मुस्लो उडिरहेको तस्बिरहरू भारतीय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन्।
जहाज लन्डन जाँदै थियो भनेर भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्।