धादिङमा दुई वटा गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।
शुक्रबार पौने ५ बजेतिर गल्छी गाउँपालिका-७ भल्टार पृथ्वी लोकमार्गमा दुई वटा गाडी ठोक्किएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
लमजुङबाट काठमाडौं जाँदै गरेको बा. ४ ख ६९४ नं.को गाडी र विपरीतबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ७१४१ नं. गाडी ठोक्किएका हुन्।
बा.४ ख.६९४ नं.को गाडीमा सवार ६ जना घाइते भएका हुन्।
त्यस्तै बागमती प्रदेश ०१-००६ ख.७१४१ नं.को गाडीमा सवार ६ जना घाइते भएका हुन्। उनीहरूको उपचारका लागि गल्छीस्थित अम्बेभरोसा अस्पताल पठाइएको छ।