माइती नेपालले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।
शनिबार कार्यक्रमले जनसमुदायका सदस्यहरू, नागरिक समाजका प्रतिनिधि, युवा समूह, महिला संगठन, सुरक्षा निकाय तथा स्थानीय सरकारका सरोकारवाला निकायहरूलाई एकै स्थानमा ल्याई आन्तरिक मानव बेचबिखन, यौन शोषण, श्रम शोषण र लागूऔषध दुर्व्यसनविरूद्धको सामूहिक प्रयासलाई बलियो बनाउने उद्देश्य राखेको थियो।
उक्त कार्यक्रम काठमाडौं महानगरपालिका वडा नं. ९ संगको सहकार्यमा, र वडा नं. ६, ७, ८, र १० तथा नेपाल प्रहरीको सहभागितामा सम्पन्न भएको हो।
कार्यक्रमले स्थानीय समुदायको सदस्यको सक्रिय सहभागिता गराई आन्तरिक मानव बेचबिखन, यौन तथा श्रम शोषण र लागू औषध दुर्व्यसनसम्बन्धी विषयमा सरोकारवालासँग अर्थपूर्ण छलफल आरम्भ गर्ने लक्ष्य राखेको थियो।
साथै, नाबालिगहरूको बढ्दो शोषण तथा होटल, स्पा, क्याबिन रेस्टुरेन्ट, डान्स बार लगायतका मनोरञ्जन स्थलहरू तथा वयस्क मनोरञ्जन क्षेत्र मा बढ्दो आपराधिक गतिविधिप्रति गम्भीर चासो उठाउँदै समाधान खोज्ने प्रयास गरिएको थियो।
कार्यक्रमले विभिन्न सरोकारवाला निकायबीचको समन्वय र रोकथामको लागि एकीकृत रणनीतीको लागि विशेष जोड दिएको थियो।